काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन सुझाएका छन्। प्रधानमन्त्री ओलीले प्रस्तुत गरेको विश्वासको प्रस्तावमाथि बोल्दै प्रचण्डले राजीनामा दिनु उचित हुने सुझाएका हुन्।
उनले प्रधानमन्त्रीले विश्वासको मत पाउन कुनै सम्भावना नभएको बताए। ‘प्रधानमन्त्रीलाई राम्रोसँग थाहा छ- यो सदनले उहाँलाई विश्वासको मत दिँदैन। यो उहाँको लोकतान्त्रिक अधिकारको दृष्टिले सम्मानित गर्न चाहन्छु,’ उनले भने।
उनले संसद् पुनःस्थानमा भएको दिन आफूले प्रधानमन्त्रीलाई नैतिकताको आधारमा राजीनामा दिएर नयाँ सरकार गठन गर्नु उचित हुन्छ भन्ने सुझाव दिएको बताए।
उनले संविधान जारी गरेकै केही वर्षमा विश्वास र अविश्वासको प्रस्तावमा छलफल सुरु भएको भन्दै आफूलाई दुःख लागेको बताए।
२०७३ सालमा पनि तत्कालीन प्रधानमन्त्री ओलीले आफूमाथिको अविश्वासको प्रस्तावको जवाफ दिने क्रममा राजीनामा घोषणा गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।