काठमाडाैं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली भ्रष्टाचारको संरक्षक बनेको आरोप उनले लगाएका छन्।
प्रधानमन्त्रीले विश्वासको मत लिन बोलाइएको प्रतिनिधि सभा बैठकमा बोल्दै सभापति देउवाले यस्तो आरोप लगाएका हुन्। विगत तीन वर्षमा भ्रष्टाचारका ठूला-ठूला काण्ड भएको उनको भनाइ छ।
'देशका ठूला-ठूला सरकारी जग्गा व्यापारिक घरानालाई लिजमा दिइयो। औषधि खरिदमा भ्रष्टाचार भयो। तर यी कुनै पनि विषयमा छानविन भएन,' सभापति देउवाले भने।
प्रधानमन्त्रीबाट अधिकार केन्द्रिकृत गरी हुकुमी शैलीमा शासन चलाउने प्रयास भएको आरोपसमेत उनले लगाएका छन्। उनले संसदीय मान्यता भत्काउने कार्य प्रधानमन्त्री ओलीले गरेको बताए।
'संवैधानिक परिषद्सम्बन्धी व्यवस्था संविधानविपरीत अध्यादेशमार्फत् संशोधन गर्दै यसलाई गलत प्रयोग गरियो। यस्ता धेरै अध्यादेश र सांसद अपहरणजस्ता घटना भए,' उनले भने, 'संसद अधिवेशन अन्त्यसमेत मनलाग्दी रुपमा गरियो।'
संघीयता कार्यान्वयनसम्बन्धी कानुन हालसम्म नबनेकोसमेत उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।