काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधामन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत पाउदिन भन्ने थाहा पाउँदा पाउँदै मागेको टिप्पणी गरेका छन्।
सोमबार प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बसिरहेको संसद बैठकमा प्रमुख प्रतिपक्षी दलको नेताको रुपमा सम्बोधन गर्दै कांग्रेस सभापति देउवाले प्रधानमन्त्री ओलीले विश्वासको मत पाउने अवस्था नरहेको बताएका हुन्।
बलिदानबाट स्थापित गरेको लोकतान्त्रिक अवस्था उच्च नैतिक धरातलमा उभिएको भन्दै यो नेपाली जनताको हितमा केन्द्रीत छ? सरकारबाट संविधान सुरक्षित छ? भन्दै उनले प्रश्न गरे।
दुई तिहाइ मतबाट सरकार गठन भएको ३ वर्षमा प्रधानमन्त्रीले विश्वासको मत लिन आउनु परेको छ यसका लागि को जिम्मेवार छ ? भन्दै उनले प्रश्न गरे । यसका लागि स्वयं प्रधानमन्त्री जिम्मेवार रहेको देउवाको भनाइ थियो।
जनताको हितमा काम गर्न कसैले सरकारलाई नरोकेको देउवाको भनाइ थियो।
‘जनताको हितमा काम गर्न कसले कहिले कहाँ रोक्यो, हामीले प्रतिपक्षीको रुपमा रचनात्मक रुपमा सहयोगीको भूमिका खेल्यौं। आफू कार्यकारी प्रमुख हुने र अरुमाथि दोष थोपर्ने?र कोरोना महामारीमा अरुलाई जिम्मेबारी थोपेर प्रधानमन्त्री भाग्न पाउनुहुन्छ?’ उनले प्रश्न गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।