काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची खानेपानी आयोजना अरु कसैले सुरु गरे पनि वर्तमान सरकारले तीव्रता दिएका कारण सफल भएको दाबी गरेका छन्।
प्रतिनिधिसभाको बैठकमा विश्वासको मत माग्दै उनले उक्त दाबी गरेका हुन्। उनले मेलम्ची आयोजनाको काममा सरकारले तीव्रता दिए काठमाडौंमा पानी ल्याइएको बताए।
'अहिले १७ हजार लिटर ल्याइएको छ। केही वर्षमा नै अब याङ्ग्री र लार्केलबाट थप १७/१७ हजार लिटर पानी आउँछ,' उनले भने। मेलम्ची सुरुआत कृष्णप्रसाद भटराईले गरेको भनी जस नदिएको भन्ने आलोचना भएकोमा टिप्पणी गर्दै उनले जसले सुरु गरे पनि काम यो सरकारले तीव्रता दिएका कारण सफल भएको दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।