काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले औचित्य र आवश्यकताका आधारमा संविधान संशोधन हुने बताएका छन्।
प्रतिनिधि सभामा विश्वासको मत लिने प्रस्ताव पेश गर्ने क्रममा सोमबार प्रधानमन्त्री ओलीले आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिने बताए।
संविधान संशोधनका लागि आयोग बनाउन सकिने र मस्यौदा बनाएर गर्न सकिने उनको भनाइ थियो। संविधान असंशोधनीय दस्तावेज होइन भन्ने आफ्नो पुरानै अडान रहेको भन्दै उनले यसमा आफू तयार रहेको बताए।
उनले विखण्डनको राजनीति कसैले वोक्दैमा नहुने बताए।
देशको सार्वभौम सत्ताका विषयमा अब विवाद नभएको ओलीको भनाइ थियो। उनले पृथकतावादमा विश्वास राख्नेहरुलाई पनि सहमति गराइएको उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।