काठमाडौं– सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले कोरोना महामारी नियन्त्रणका लागी सरकारले आवश्यक सबै उपाय अवलम्वन गरिरहेको बताएका छन्।
आइतवार बिहान बालाजुस्थित जनमैत्री कोभिड अस्पतालको अनुगमन गर्दै राज्यमन्त्री मानन्धरले निजी अस्पतालहरुमा पनि सहज रुपमा कोरोना उपचारका लागि राज्यले आवश्यक सहयोग र समन्वय गर्ने बताए।
उनले देशभरका ठूला निजी अस्पतालहरुलाई आपतकालिन रुपमा कोभिड अस्पताल बनाउन आग्रह गर्दै बिरामीको उपचारमा लाग्ने आवश्यक आर्थिक तथा प्राविधीक सहयोग राज्यले गर्ने बताए।
यस महामारीको अवस्थामा स्वास्थ्य क्षेत्रमा अक्सिजनको अति आवश्यक रहेको हुँदा अन्य क्षेत्रमा अक्सिजनको खपत नगरिदिनु हुनु उद्योगी तथा व्यवासयीहरुलाई आग्रह गरे।
राज्यमन्त्री मानन्धरले कोभिड उपचारमा अक्सिजनको अभाव हुन नदिन सरकारले काम गरिरहेको बताउदै केही दिन भित्रै अक्सिजनको समस्या समाधान हुने बताए।
सरकारले संक्रमणको अवस्था हेरेर निषेधाज्ञा जारी गरेको बताउदै सबैले पालना गरेमा केही दिनमा माहामारी नियन्त्रणमा आउने बताए।
महामारी नियन्त्रणका लागि अग्रपंतीमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत सम्बद्ध व्यक्तीको राज्यले उच्च मुल्यांकन गरेको बताउदै मन्त्री मानन्धरले उनिहरुको सेवा सुविधा र परिवारको सुरक्षा प्रति राज्य गम्भीर रहेको बताए। हरेक नागरिकको जिवन रक्षा सरकारको प्राथमिकता भएको बताउदै उनले उपचारका क्रममा समस्या भएमा राज्यको निकायमा सम्पर्क गर्न अनुरोध गरे।
बालाजुस्थित जनमैत्री अस्पतालमा आजैदेखि ३० बेडको कोरोना अस्पताल सञ्चालन हुन लागेको र केही दिन भित्र ४० बेडको आइसियु सहित १२० वेड सञ्चालनमा ल्याइने अस्पतालका निर्देशक उमेश पाण्डेले जानकारी दिए। गत बर्ष भदौदेखि पुषसम्म कोभिडका बिरामीको उपचार गरेर अस्पताल बन्द भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।