काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता एवम् सांसद राम कार्की कोरोना संक्रमित भएका छन्।
शुक्रबार पीसीआर जाँच गरेका कार्कीको शनिवार बेलुका रिर्पोट आएपछि कोरोना पोजेटिभ भएको बताएका छन्।
पछिल्लो समय आफ्नो निर्वाचन क्षेत्र झापा गएका कार्की २७ गते संसद बैठकमा आउँनु पर्ने भएपछि जाँच गर्नेक्रममा कोरोना पुष्टि भएको हो। कार्की घरमै आइसोलेसनमा बसेको उनको सचिवालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।