काठमाडौं– आजदेखि देशको मौसममा सामान्य ुधमर आउने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल देशको पहाडी भू–भागका केही स्थान तथा प्रदेश नं १ को तराई भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागको मौसम सफा रहेको महाशाखाले जनाएको छ।
दिउँसो प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ।
अपराह्नतिर देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोसमेत विभागको भनाइ छ।
राति पनि देशका अधिकांश पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।