काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले कोभिड–१९ संक्रमितको उपचारका लागि सरकारले ‘डोर टु डोर’ टिम निर्माणको तयारी गरिरहेको बताएका छन्।
कोरोनाको दोस्रो लहर फैलिरहँदा बेसहारा बनेका संक्रमितहरुको उपचारका लागि यस्तो टिम बनाउने तयारी गरिएको सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले जानकारी दिए। वीर अस्पतालमा पाँच सय शैयाको उपचार गर्न मिल्ने संरचना निर्माण भइरहेको पनि उनले बताए।
छैठौं राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा उनले कोभिड संकटको अवस्थामा जनमानसमा त्रास फैलाउन समाचारहरु सम्प्रेषण नगर्न आग्रह गरे।
कोरोना त्रासकाबीच सकारात्मक र सहयोग पुग्ने खालको समाचार सम्प्रेषण गरेर संकट समाधानका लागि भूमिका खेल्नका लागि पत्रकारहरुको विशेष टिमसमेत निर्माण हुने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।