काठमाडौं–कोभिड–१९ संक्रमण परीक्षणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको जानकारी दिए।
शुक्रबार बालुवाटारमा प्रधानमन्त्री ओलीसहित स्वकीय र निजी सचिवालय, सुरक्षा निकाय र चालकहरूसहित १ सय भन्दा बढीको स्वाब संकलन गरिएको थापाले जानकारी दिए।
प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि २७ गतेका लागि बोलाइएको संसद बैठक अघि सांसदहरुको स्वाब संकलन गरिएको हो।
यसअघि सांसद, संसद सचिवालयका कर्मचारी लगायतकोे स्वाब संसद् भवन नयाँ बानेश्वरमा लिइएको थियो।
बुधबार स्वाब दिएका मध्ये चार सांसद र तीन कर्मचारीमा कोरोना पुष्टि भएको थियो। बिहीबार पीसीआर परीक्षण गरेका सांसदहरुको भने रिपोर्ट आएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।