काठमाडौं– नेपाली कांग्रेसका नेता गगन थापाले खोप प्रकरणमा प्रधानमन्त्री आफैं संलग्न भएको आरोप लगाएका छन्।
शुक्रबार सामाजिक सञ्जाल ट्वीटर मार्फत नेता थापाले खोप प्रकरणमा भएको अनियमितता मात्र नभइ अपराध भएको र त्यो प्रधानमन्त्री केपी शर्मा ओलीलाई थाहा भएको उल्लेख गरेका छन्।
तर प्रधानमन्त्री ओलीले त्यसलाई नरोकेको र आफैं संलग्न भएको आरोप लगाएका छन्।
‘प्रधानमन्त्रीज्यूलाई थाहा थियो तर, रोक्नुभएन अर्थात् आफैं संलग्न हुनुभयो’ थापाले लेखेका छन् ।
थापाले आरोपितलाई नै खोप प्रकरणबारे छानबिन गर भन्नुको केही अर्थ नभएको उल्लेख गर्दै भनेका छन्,‘ संसदले यो अपराधको जरासम्म पुगेर छानबिन गर्ने दायित्व पुरा गर्नुपर्छ।'
थापाले सामाजिक सञ्जालमा लेखेका छन्,‘खोप प्रकरणमा सार्वजनिक तथ्यले प्रस्ट पार्छ– जे भयो त्यो अनियमितता मात्र होइन,अपराध हो र त्यो सवै प्रधानमन्त्री ज्यूलाई थाहा थियो तर,रोक्नुभएन अर्थात् आफै संलग्न हुनुभयो।जो आरोपित छ उनैलाई छानबिन गर भन्नुको केही अर्थ छैन।संसदले यो अपराधको जरासम्म पुगेर छानबिन गर्ने दायित्व पुरा गर्नुपर्छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।