• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, फागुन ९, २०८२ Sat, Feb 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

कोभिड-१९ को दोस्रो लहर : रेम्डेसिभिर, प्लाज्मा थेरापी र प्रोन पोजिसनबारे जान्नैपर्ने तथ्य

साउथ एशिया चेक शुक्रबार, वैशाख २४, २०७८  १०:०१
1140x725

नेपालमा कोभिड-१९ को दोस्रो लहर भित्रिएपछि स्थिति भयावह बन्दै गइरहेको छ। दिनहुँ कोभिड-१९ बाट संक्रमित र निधन हुनेको संख्या बढ्दो छ । सामाजिक सञ्जालमा सिकिस्त संक्रमितका आफन्तले यस महामारी विरुद्धका विभिन्नखाले औषधि र उपचार विधिका लागि आग्रह र त्यसबारे जिज्ञासा राख्दै पोस्ट गरेका छन् । यसै सन्दर्भमा हामीले कोभिड-१९ संक्रमितका लागि प्रभावकारी हुने भन्ने दाबी गरिएका दुई उपचार विधि र एक औषधिबारे यो जानकारीमुलक सामग्री तयार पारेका छौँ।

के रेम्डेसिभिर प्रभावकारी हुनसक्छ?

रेम्डेसिभिर एउटा एन्टी भाइरल प्रयोगात्मक औषधि हो। अमेरिकाको नेसनल इन्स्टीच्युट अफ हेल्थ (एनआईएच) का अनुसार यो एक दशक पहिले हेपाटाइटिस सि र अर्को एक खोकीको भाइरस विरुद्ध बनाइएको हो। तर यी दुवै भाइरस विरुद्ध यो प्रभावकारी देखिएन । अन्य भाइरस विरुद्ध भने यो प्रभावकारी हुनसक्ने देखियो।

गत वर्ष गरिएको एक अध्ययनमा यो औषधि दिइएका सिकिस्त भई अस्पताल भर्ना भएका कोभिड संक्रमित बिरामी छिटो निको भएको पाइएको थियो । अमेरिकाको नियमनकारी निकाय फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसनले यसलाई त्यतिखेर प्रयोग गर्ने अनुमति दिएको थियो। तर विश्व स्वास्थ्य संगठनले यसलाई मान्यता दिएको छैन। सन् २०२० को नोभेम्बरमा एक वक्तव्यमार्फत उसले रेम्डेसिभिर प्रयोग गर्न एक शर्तात्मक सिफारिस (कन्डिसनल रिकमेन्डेसन) गरेको थियो। उक्त औषधिले कोभिड-१९ संक्रमितको बाँच्ने सम्भावनामा कुनै सुधार ल्याउँछ भन्ने कुनै प्रमाण नभएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

एपीवान टेलिभिजन कार्यक्रमसँगको हालैको एक अन्तर्वार्तामा संक्रमण रोग विशेषज्ञ प्रभात अधिकारीले यसबारे अझै छिनोफानो भइनसकेको बताए। “डब्लुएचओले काम गर्दैन भन्छ। युएसको स्टडिले यसले अस्पताल बसाइलाई छोट्याउँछ भन्छ,” उनले भने, “नेपालमा पनि अध्ययन भएको छ। त्यसको डाटा अनुसार यसलाई चाँडै बिरामी सिकिस्त नहुँदै प्रयोग गरियो भने काम गर्छ ।” उनले थपे, “यसमा डाक्टरहरुको आ- आफ्नो ओपिनियन छ। यो भाइरल रिप्लिकेसन फेज (अर्थात् संक्रमण हुनेबित्तिकै) मा बढी महत्वपूर्ण हुन्छ । प्रयोग गर्नै छ भने चाँडोभन्दा चाँडो गर्दा फाइदा होला। तर प्रमाणित हुन बाँकी छ।”

औषधि व्यवस्था विभागले रेम्डेसिभिरको ३००० भायल बंगलादेशबाट आयात गरिएको बताएको छ।

के हो कन्भासालेन्ट प्लाज्मा थेरापी? कसरी गरिन्छ उपचार?

Ncell 2
Ncell 2

यस उपचार विधिमा कोभिडबाट संक्रमित भई निको भइसकेका व्यक्तिको रगत संक्रमितलाई दिइन्छ। यसमा निको भएका व्यक्तिको रगत निकालिन्छ र त्यसको तरल भाग छुट्याइन्छ । रगतको प्लाज्मामा भाइरससँग लड्ने एन्टीबडि केही समय रहिरहने भएकाले यसको प्रयोग उपचारका रुपमा गरिएको हो। संक्रमितलाई सलाइनको माध्यमबाट उक्त प्लाज्मा दिइन्छ। खोपबाट शरीरको प्रतिरोध क्षमता बढाउनुलाई ‘एक्टिभ इम्युनिटी’ र प्लामाको प्रयोगबाट त्यसो गर्नुलाई ‘प्यासिभ इम्युनिटी’ भनिन्छ।

तर रेम्डेसिभिरको हकमा जस्तै प्लाज्मा थेरापीको प्रभावकारिता बारेमा पनि चिकित्सकबीच मतैक्य छैन। “यसले अरु भाइरल रोगमा केही काम गरेको भएर कोभिडमा पनि काम गरिहाल्छ कि भनेर अध्ययनका लागि र एक्सपेरिमेन्टल हिसाबले प्रयोग गरिएको हो,” संक्रामक रोग विशेषज्ञ अनुप सुवेदीले सेतोपाटीलाई बताएका छन्, “विश्वव्यापी रुपमा धेरै ठूलठूला ट्रायलबाट आंकडा आइसक्यो, प्लाज्माको काम छैन।” उनका अनुसार अर्जेन्टिनामा गरिएको एक अध्ययनमा ज्येष्ठ नागरिकलाई संक्रमण भएको तीन दिनभित्र प्लाज्मा दिँदा उनीहरु सिकिस्त हुने सम्भावना कम भएको देखिएको थियो। “तर त्यो सानो अध्ययन हो। त्यसपछिका अन्य अध्ययनमा त्यसको पुनर्पुष्टि भएको छैन,” उनले भने। डाक्टर सुवेदीले अहिले कसैलाई पनि प्लाज्मा दिन सिफारिस नगर्ने बताए। डाक्टर अधिकारीले यसलाई आफुले ‘कन्ट्रोभर्सियल ट्रिटमेन्ट’ रुपमा लिएको र शुरुको चरणमा प्रयोग गरेमा प्रभावकारी हुनसक्ने बताए ।

अमेरिकाको मेयो क्लिनिकले पनि यसको प्रयोगले रोगलाई केही मत्थर पार्न वा बिरामी हुने अवधि छोट्याउने जनाएको छ। सोही संस्थामा कार्यरत नेपाली चिकित्सक सुदीप खड्काले थप अध्ययन नगरी प्लाज्मा उपचारले काम गर्छ भन्ने ग्यारेन्टी नभएको बताएका छन्। “पूर्ण रुपमा किफायतीपन निर्धारण नगरिएको प्लाज्मा प्रयोग गर्दा त्यो प्लाज्माले भाइरस ठ्याक्कै पूर्ण रुपमा निस्तेज पार्ने सम्भावना न्युन हुन्छ। अझ प्लाज्मा त बिरामी गम्भीर हुन लागेको बेलामा (जतिबेला शरीरमा भाइरसको संख्या अत्यधिक हुन्छ त्यतिबेला) खोज्ने गरिएको छ। यस्तो अवस्थामा प्लाज्माको प्रयोगले भाइरसका ती भेरियन्टलाई फैलिन मद्दत गर्छ, जसले यो प्लाज्मामा रहेको एन्टिबडिबाट उम्कन सक्छन्,” खड्काले अनलाइनखबरमा प्रकाशित लेखमा भनेका छन्।

प्लाज्मा थेरापीबारे थप जानकारीका लागि माइसन्सारमा प्रकाशित यो जानकारीमुलक लेख पढ्नुहोस्। 

के हो प्रोन पोजिसनिङ? यसबाट के फाइदा हुन्छ?

‘

प्रोन’ को शाब्दिक अर्थ घोप्टो परेर सुत्नु हो। शरीरमा अक्सिजनको मात्रा बढाउन बिरामीलाई सिरानीको सहयोगले घोप्टो पारेर सुताउने विधिलाई ‘प्रोन पोजिसनिङ’ भनिन्छ। स्वासप्रस्वासको बिरामीलाई सास फेर्न कठिन भएको अवस्थामा फोक्सोको क्षमता बढाउन प्रोन पोजिसनिङको प्रयोग गरिन्छ।

प्रोन पोजिसनिङमा चार वा पाँच वटा सिरानीको प्रयोग गरिन्छ। तीमध्ये दुईवटा सिरानी कम्मरमा, एउटा सिरानी गर्दनमा र एउटा सिरानी खुट्टाको गोलीगाँठानेर राखेर पेटको बलमा बिरामीलाई सुताइन्छ। मानिसको मोटाइको आधारमा केही सिरानी थप-घट गरिन्छ। चिकित्सकहरुले मेकानिकल भेन्टिलेटरमा राखेका बिरामीका लागि पनि प्रोन पोजिसनको प्रयोग गर्दछन्। यसलाई स्वासप्रस्वासमा सामान्य समस्या आउँदा प्राकृतिक भेन्टिलेटरको रुपमा प्रयोग गर्न सकिन्छ। नेसनल मेडिकल कलेजका डा. असरफ हुसेनले नयाँ पत्रिकामा प्रकाशित लेखमा लेख्छन्, “अक्सिजनको लेभलमा सामान्य कमी आएमा वा अन्य समस्या नभएमा केहीबेरका लागि घोप्टो परेर बस्न सकिन्छ।”  

प्रोन पोजिसनिङले फोक्सोको कोशिका खाेल्न मद्दत गर्दछ र अक्सिजनको मात्रा बढाउन सहयोग गर्छ। यसले बिरामीको वायु प्रवाह सहज पार्न मद्धत गर्दछ। प्रोन पोजिसनिङ एक्युट रेस्परेटरी डिस्ट्रेस सिन्ड्रोम (फोक्सोमा तरल पदार्थ जमेर सास फेर्न सकस हुने) भएका बिरामीहरुलाई प्रयोग गरिन्छ। यूएस नेसनल लाइब्रेरी अफ मेडीसीन नेसनल इन्स्टिच्यूट अफ हेल्थमा प्रकाशित एक अनुसन्धान अनुसार मेकानिकल भेन्टिलेटरमा राखिएका स्वासप्रस्वास समस्या भएका त्यस्ता बिरामीलाई प्रोन पोजिसनिङले अक्सिजनको मात्रा बढाउन सहयोग गरी मृत्युदरमा सुधार ल्याएको थियो । कोभिड-१९ का कारण स्वास्प्रस्वासमा समस्या हुनाले यसका बिरामीलाई पनि यो उपयोगी हुने अमेरिकन जर्नल अफ रेस्पिरेटरि एण्ड क्रिटिकल केयर मेडिसिनमा प्रकाशित एक अध्ययनमा जनाइएको छ। भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आफ्नो वेबसाइटमा होम आइसोलेसनमा बसेका कोभिड-१९ का बिरामीलाई प्रोन पोजिसनिङले मद्धत गर्ने भन्दै यो विधि प्रकाशित गरेको छ।

केही अनुसन्धानहरुले प्रोन पोजिसनिङ उपयोगी हुने उल्लेख गरेका छन्। कतिपय चिकित्सकहरुले यसको प्रयोग पनि गरेका छन् भने अन्य चिकित्सकहरुले यसले स्वासप्रस्वासमा कुनै सहयोग नगर्ने जनाएका छन्। यूएस नेसनल लाइब्रेरी अफ मेडीसीन नेसनल इन्स्टिच्यूट अफ हेल्थले प्रकाशित गरेकाे एक लेखमा स्वास्थ्यकर्मीहरु नै यसको उपयोगिताबारेमा एकमत नभएको उल्लेख छ।

साउथ एशिया चेकबाट

प्रकाशित मिति: शुक्रबार, वैशाख २४, २०७८  १०:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
पूर्वराजाको सन्देशमा प्रचण्डको टिप्पणी: जनताबाट फ्याँकिएकाले चुनाव नहुने भ्रम फैलाइरहेछन्
हुम्ला पुग्यो निर्वाचन सामाग्री
धनकुटाबाट तीनजना बेवारिसे व्यक्तिको उद्धार
सम्बन्धित सामग्री
धनकुटाबाट तीनजना बेवारिसे व्यक्तिको उद्धार नेपाल पत्रकार महासंघ धनकुटाको समन्वय तथा जिल्ला प्रहरी कार्यालय धनकुटाको सहयोगमा ती बेवारिसे व्यक्तिको उद्धार गरी मानव सेवा आश्रम सु... शनिबार, फागुन ९, २०८२
निष्पक्ष र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराउन प्रधानमन्त्री कार्कीको निर्देशन निर्वाचन तयारी सन्दर्भमा आज लुम्बिनी प्रदेशको अवस्थाका बारेमा जानकारी लिन आयोजित प्रदेशस्तरीय सुरक्षा बैठकमा निर्देशन दिँदै प्रधानमन... शनिबार, फागुन ९, २०८२
दुई समुदायबिच झडप नरोकिएपछि गौरमा अनिश्चितकालीन कर्फ्यु कर्फ्यु आदेश जारी भएका क्षेत्रमा कुनै व्यक्ति आवत–जावत गर्न, भेला गर्न, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने जिल्ला प्रशासन कार्यालयल... शनिबार, फागुन ९, २०८२
ताजा समाचारसबै
पूर्वराजाको सन्देशमा प्रचण्डको टिप्पणी: जनताबाट फ्याँकिएकाले चुनाव नहुने भ्रम फैलाइरहेछन् शनिबार, फागुन ९, २०८२
हुम्ला पुग्यो निर्वाचन सामाग्री शनिबार, फागुन ९, २०८२
धनकुटाबाट तीनजना बेवारिसे व्यक्तिको उद्धार शनिबार, फागुन ९, २०८२
रास्वपाले चुनाव नजित्ने देखेपछि अराजक गतिविधि गर्न थाल्यो : ओली शनिबार, फागुन ९, २०८२
चुनाव हार्ने भएपछि रास्वपाले चुनाव भाँड्न थालेको एमालेको निष्कर्ष शनिबार, फागुन ९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एमालेको झण्डा जलाउने रास्वपाका कार्यकर्ता पक्राउ शुक्रबार, फागुन ८, २०८२
रास्वपाले चुनाव भाँड्न खोजेको भन्दै बलजफ्ती निर्वाचन नगराउन ओलीको चेतावनी शनिबार, फागुन ९, २०८२
एमालेको झण्डा जलाउने रास्वपा कार्यकर्तालाई कारबाही नभए प्रतिवादमा उत्रिने भोलिन्टियर फोर्सको चेतावनी शुक्रबार, फागुन ८, २०८२
दुर्गा प्रसाईंलाई अदालत उपस्थित गराउन आदेश शुक्रबार, फागुन ८, २०८२
सुनसरीमा कांग्रेस-रास्वपा कार्यकर्ताबीच झडप, प्रहरीद्वारा लाठीचार्ज शनिबार, फागुन ९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
एमालेको झण्डा जलाउने रास्वपाका कार्यकर्ता पक्राउ शुक्रबार, फागुन ८, २०८२
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
रास्वपाले चुनाव भाँड्न खोजेको भन्दै बलजफ्ती निर्वाचन नगराउन ओलीको चेतावनी शनिबार, फागुन ९, २०८२
एमालेको झण्डा जलाउने रास्वपा कार्यकर्तालाई कारबाही नभए प्रतिवादमा उत्रिने भोलिन्टियर फोर्सको चेतावनी शुक्रबार, फागुन ८, २०८२
चाप्लुसीवाद माैलाएको भन्दै संस्थापक सदस्य उर्मिला भुर्तेलले पनि त्यागिन् रास्वपा बुधबार, फागुन ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्