काठमाडौं–यात्रुसँग बढी भाडा असुलेको आरोपमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले दुई जनालाई कलंकी चोकबाट पक्राउ गरेको छ।
कलंकी चोकबाट बस काउण्टरका २ जना कर्मचारीलाई यात्रुसँग मनोमानी भाडा लिइरहेको अबस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
काठमाडौंदेखि झापा मोरङको नियमित भाडा एक हजार देखि बाह्रसयसम्म भएपनि यात्रुसँग दुई गुणा बढी जनही २५ सयका दरले भाडा उठाउने गरेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरुमा खोटाङ घर भइ कलंकी बस्ने वर्ष ३५ का भीमबहादुर खड्का र रौतहट घर भई खसीबजार बस्ने वर्ष ५० का बैजनाथ चौधरी छन् ।
उपत्यकाको रिङरोडमा चल्ने बा४ख १९२५ नम्बरको पाथिभरा दर्शनको भाडा बसमा यात्रु लग्ने गरी टिकट काटिएको समेत पाइएको महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।