काठमाडौं- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले महामारीको रूपमा फैलिरहेको कोभिड-१९ को रोकथाम तथा नियन्त्रण र उपचार पद्धतिलाई थप सुदृढ एवं प्रभावकारी बनाउन यसविरुद्ध लड्न सक्ने साहस, धैर्य र आत्मबल कायम राख्न अपिल गरेको छ।
कार्यालयले विज्ञप्ति जारी गरि कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारका लागि नेपालमा उपलब्ध नभएका, तत्कालै खरिद गर्नुपर्ने औषधि, स्वास्थ्य सामग्री र उपकरण विदेशबाट खरिद र आयात गर्ने पहल भइरहेको भन्दै आत्मबल कायम राखि एकजुट हुन अपिल गरेको हो।
‘महामारीको रूपमा फैलिरहेको कोभिड–१९ को रोकथाम तथा नियन्त्रण र उपचार पद्धतिलाई थप सुदृढ एवं प्रभावकारी बनाउन यस विषम परिस्थितिमा सबैलाई यसविरुद्ध लड्न सक्ने साहस, धैर्य र आत्मबल कायम राखि एकजुट हुन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सम्बद्ध सबैमा हार्दिक अपिल गर्दछ’ विज्ञप्तिमा भनिएको छ।
कोभिड संक्रमितको उपचारका लागि आवश्यक पर्ने रेमडिसिभिरको उपलब्धताका लागि परराष्ट्र मन्त्रालयले पहल गरिरहेको विज्ञप्तिमा उल्लेख छ।
उपप्रधानमनत्री ईश्वर पोखरेलको अध्यक्षतामा बुधबार बसेको बैठकले कोभिड–१९ रोकथाम निन्त्रण र उपचारका लागि निर्णय कार्यान्वयन गर्ने निकायलाई कार्यायोजना तयार गरि पठाइएको कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।