काठमाडौं– वरिष्ठ गायक प्रेमध्वज प्रधान अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन्।
गायक एवं संगितकार प्रधान अस्वस्थ भएपछि शुक्रबार काठमाडौंस्थित न्यूरो अस्पताल भर्ना गरिएको साहित्यकार प्रकाश सायमीले जनाएका छन्। छातीमा सामान्य इन्फेक्शन देखिएकोले न्यूरो अस्पताल भर्ना गरिएको उनले जानकारी दिए।
वरिष्ठ गायक प्रधानले थुप्रै गीतमा स्वर दिएका छन्। उनका ‘‘घुम्तीमा नआउ है’, ‘तिमीलाई अचेल कहाँ देखुँ’, ‘गोरेटो त्यो गाउँको’ र ‘पर लैजाउ फूलहरु’लगायतका गीत लोकप्रिय छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।