पोखरा– कास्कीमा एक पुरुषको शव भेटिएको छ। पोखरा–लेखनाथ महानगरपालिका –२२ बेतानी जंगलमा सिन्धुली लाम्पाटार गाउँपालिका २ घर भई कास्की पोखरा लेखनाथ महानगरपालिका–२२ बेतानी बस्ने ५५ वर्षीय मानबहादुर मगरको शव भेटिएको प्रहरीले बताएको छ।
मगरको शव बेतानी जंगलको खोल्सामा घोप्टो परेको अवस्थामा भेटिएको प्रहरी उपरीक्षक वीरेन्द्रकुमार बस्यालले जानकारी दिए।
उनको के कारणले मृत्यु भएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको बस्यालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।