काठमाडौं– नेकपा एमालेका नेता भीम रावलले विपक्षी दलसँग सरकारलाई समर्थन गरिदिन र मिलेर सरकार चलाउन अनुनय गरेर प्रधानमन्त्रीले अनैतिक र गैरजिम्मेवार चरित्र प्रस्तुत गरेको टिप्पणी गरेका छन्।
बिहीबार सामाजिक सञ्जाल मार्फत नेता रावलले प्रधानमन्त्री ओलीले आफ्नो दलमा कुनै छलफल नगर्ने तर बिपक्षीसँग अनुनयविनय गरेर अनैतिक र गैरजिम्मेवार चरित्र देखाएको टिप्पणी गरेका हुन्।
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफू पक्षधर नेताहरुलाई लिएर हिजो प्रतिपक्षी दल नेपाली कांग्रसका सभापति शेरबहादुर देउवासँग भेटवार्ताका लागि बुढानीलकण्ठ पुगेका थिए। त्यसक्रममा प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारलाई समर्थन गर्न र मिलेर सरकार चलाउन प्रस्ताव गरेका थिए तर उनको प्रस्तावलाई अस्वीकार गरेको थियो।
नेता रावलले भनेका छन्,‘ प्रमं केपीले दलमा विधान मिच्दै निरंकुशरूपमा नेता र सांसदहरूलाई स्पष्टीकरण सोध्नु,कार्वाई गर्नु र कुनै छलफल(परामर्श नगर्नु तर विपक्षी दलसंग समर्थन गरिदिन र मिलेर सरकार चलाउन अनुनयविनय गर्नु अनैतिक र गैरजिम्मेवार चरित्रको पराकाष्ठा हो।यस्तै घृणित राजनीतिले देश संकटग्रस्त भएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।