काठमाडौं– कोरोना संक्रमणका कारण पूर्वमन्त्री मोतिप्रसाद पहाडीको मृत्यु भएको छ।
बुधबार नेपालगन्जको भेरी अस्पताल भर्ना भएका पहाडीको राति मृत्यु भएको जिल्ला अस्पताल बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए।
डोल्पा घर भएका ७८ वर्षीय पहाडी पछिल्लो समय नेपालगन्जमा बसोबास गर्दै आएका थिए।
उनी २०३८ सालमा सूर्य बहादुर थापा नेतृत्वको सरकारमा निर्माण तथा यातायात सहायक मन्त्री बनेका थिए। त्यस्तै उनी २०५२ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा पनि मन्त्री बनेका थिए।
२०४६ सालको परिवर्तनपछि कांग्रेस प्रवेश गरेका उनले २०५१ सालमा टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेर चुनाव जितेका थिए। पछि कांग्रेस प्रवेश गरी २०५२ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्री बनेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।