काठमाडौं– अहिले देशको कर्णाली, गण्डकी र प्रदेश नं १ मा सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखले जनाएको छ।
गण्डकी, बागमती तथा प्रदेश नं १ का केही स्थानमा वर्षा भइरहेको विभागको भनाइ छ।
दिउँसो देशका पहाडी भू–भागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाको भनाइ छ।
देशका केही स्थानमा मेघगर्जन, चट्याङ तथा हावाहुरी र असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ। अपराह्न गण्डकी र प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोसमेत महाशाखाले जनाएको छ।
आज राति देशका पहाडी भू–भागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।