काठमाडौं– फोटो पत्रकार पूर्णिमा श्रेष्ठले सगरमाथाको शिखर चुम्न सफल भएकोमा आफूलाई गर्व लागेको बताएकी छन्।
सगरमाथाको सफल आरोहण गरी बुधबार काठमाडौं फर्किएकी श्रेष्ठले त्रिभुवन विमानस्थलमा पत्रकारमाझ महिला फोटो पत्रकारका रुपमा सगरमाथाको सफल आरोहण गरेको क्षणलाई आफूले अविस्मरणीय क्षणको रुपमा लिएको पनि बताइन्।
हिमालको फोटो खिच्दै जाने क्रममा सगरमाथा चढ्ने सोच पलाएको पनि श्रेष्ठले सुनाइन्। सगरमाथा चढ्नु अगाडि उनले मनास्लु हिमालको पनि आरोहण गरेकी थिइन्।
श्रेष्ठले महिलाहरुका लागि फोटो पत्रकारिता साहसिक कार्य भएको चर्चा गर्दै यसलाई निरन्तरता दिने पनि बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।