काठमाडौं– निर्वाचन आयोगले लुम्बिनी प्रदेशको अन्य समूहको तर्फबाट राष्ट्रिय सभा सदस्य पदमा निर्वाचित चन्द्रबहादुर खड्काको स्थानमा जेठ १७ गते उप निर्वाचन गर्ने मिति तोकेको छ।
उपनिर्वाचन सम्पन्न गर्नका लागि आयोगले वुधवार निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ। जेठ १७ गते मतदानका लागि बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म समय निर्धारण गरिएको छ।
उक्त क्षेत्रको निर्वाचनका लागि नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाले दृगनारायाण पाण्डेलाई उम्मेदवारको रुपमा अघि सारेको छ।
माओबादीबाट निर्वाचित भएका खड्का एमाले प्रवेश भएसँगै पार्टीले उनलाई कारबाही गरेको थियो। माओवादीले कारबाही गरेपछि उनको स्थान रिक्त रहेको थियो।
यस्तै, बागमती प्रदेशमा अन्य समूहको तर्फबाट राष्ट्रिय सभा सदस्य पदमा हुने उपनिर्वाचनको लागि भने आयोगले यसअघि नै मिति तोकेको थियो।
एमाले प्रवेश गरेका रामबहादुर थापा (बादल)लाई माओवादी केन्द्रले कारबाही गरेपछि रिक्त रहेको उक्त स्थानमा जेठ ७ गतेका लागि उपनिर्वाचनको मिति तय गरिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।