काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेकपा एमालेका नेता र नेपाली कांग्रेसका नेताबीचको वार्ता सकिएको छ।
सरकार गठनका विषयमा विपक्षी गठवन्धन निर्माण भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली कांग्रेस सभापति बुधबार अपराह्न कांग्रेस सभापति शेरबहादुर देउवासहित नेताहरुलाई भेट्न देउवाको निजी निवास बुढानीलकण्ठ पुगेका थिए।
कांग्रेस नेताहरुलाई भेट्न प्रधानमन्त्री ओलीसहित उनको दल नेकपा एमालेका नेताहरु महासचिव ईश्वर पोखरेल, सुवासचन्द्र नेम्वाङ, रामबहादुर थापा (बादल) लगायत बुढानीलकण्ठ पुगेका थिए।
यस्तै, कांग्रेसका तर्फबाट सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति बिमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, कृष्ण सिटौला, पूर्णबहादुर खड्का, प्रकाशशरण महत लगायत सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।