काठमाडौं– कोरोना संक्रमणपछि अस्पतालमा उपचाररत पूर्व मन्त्री एवं वामपन्थी नेता मोदनाथ प्रश्रितको अवस्था जटिल बनेको छ।
संक्रमणपछि उनको त्रिवि शिक्षण अस्पताल(टिचिङ) मा उपचार भइरहेको छ।
प्रश्रितका छोरा डा विजय पौडेलले बुवालाई गाह्रो भइरहेको जनाएका छन्।
पौडेलले आफूलाई आराम भइरहेको भएपनि बुवालाई गाह्रो भइरहेको सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्।
‘बुबा र दुबैजनालाई कोविड भएर विभिन्न अस्पताल चहार्दै अहिले महराजगन्ज टिचिङ हस्पिटलमा छौ। मलाई धेरै आराम भएको छ तर बुबालाई गार्हो भैरहेको छ । समयले हाम्रो परिवारसङ्ग कठोर परीक्षा लिदै छ। संघर्ष हो जीवन ।’ उनले लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।