काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको आरडीटी रिपोर्ट पोजिटिभ देखिएको छ।
स्वास्थ्यमा समस्या देखिएपछि टेस्ट गराउँदा पोजिटिभ देखिएपछि मंगलबार उनको पीसीआर टेस्ट गरिएको मुख्यमन्त्री गुरुङका प्रेस संयोजक विक्रम न्यौपाने बताए। मुख्यमन्त्री गुरुङको पीसीआर रिपोर्ट भने आउन बाँकी रहेको उनको भनाइ छ।
प्रेस संयोजक न्यौपानेमा संक्रमण देखिएपछि मुख्यमन्त्री गुरुङ कन्ट्याक्ट ट्रेसिङमा परेका थिए।
मुख्यमन्त्री गुरुङ मंगलबार भएको सर्वदलीय बैठकमा समेत सहभागी थिए। केही दिनअघि उनी काठमाडौंमा प्रधानमन्त्री ओलीलाई भेटेर फर्केका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।