काठमाडौं– परारष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आफ्नो सम्पत्ति विवरणमा २५ सय पुस्तकको विवरण पनि पेस गरेका छन्। उनी अध्ययनशील नेताका रुपमा चिनिन्छन्। तर उनीसँग १४ लाख ऋण छ।
काठमाडौंको घरमा तला थप्ने प्रयोजनाका लागि ज्ञवालीले विनोद श्रेष्ठ, श्रीकृष्ण गौतम, रामेश्वर अर्याल, रामेश्वर थापा, भीम घिमिरेसहित ९ जनासँग ऋण लिएको उल्लेख छ।
श्रीमती सरस्वती ज्ञवाली अर्यालको नाममा ४ आना २ पैसा ३ दाममा बनेको २ तले पक्की घरलाई ज्ञवालीले सम्पत्ति विवरणमा रुपमा देखाएका छन्। बुटवलको जग्गा बिक्री गरी उक्त घर निर्माण गरिएको विवरणमा उल्लेख छ।
मन्त्री ज्ञवालीले आफूसँग करिब २ तोला सुन रहेको पन सम्पत्ति विवरणमा उल्लेख गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।