काठमाडाैं- बैतडीको पञ्चेश्वरमा बोलेरो जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ। पञ्चेश्वर गाउँपालिका-६ रोडिदेवलको गणमेश्वर मन्दिरनजिकै जिप दुर्घटना भएको हो।
सोमबार चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका वडा नं ६ का वडा सदस्य गोविन्दसिंह भण्डारीको शव पोस्टमार्टमका लागि ल्याउँदै गरेको से १ ज १२३ नम्बरको जिप दुर्घटनामा परेको हो।
जिप दुर्घटना हुँदा पञ्चेश्वर गाउँपालिका-६ का ५० वर्षीय जीतसिंह भण्डारी, डम्मरसिंह भण्डारी, हिम्मत भण्डारी र दीपक भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।
दुर्घटनामा परी घाइते भएका छ जनालाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको खड्काले बताए। जिप सडकबाट करिब ५०० मिटर तल खसेको बताइएको छ। साँघुरो घुम्तीमा जिप दुर्घटना भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।