काठमाडौं– काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुको बैठक जारी छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा जारी बैठकमा काठमाडाैं तथा भक्तपुरका सीडीओ सहभागी छन् भने ललितपुरका सहायक सीडीओ सहभागी छन्।
बैठकले निषेधाज्ञालाई प्रभावकारी बनाउने विषयमा निर्णय गर्दै छ।
उपत्यकामा जारी निषेधाज्ञा थप गर्ने विषयमा छलफलका लागि बैठक बस्न लागेको हो। आजको बैठकले निषेधाज्ञा थप गर्ने काठमाडौंमा प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए।
पहिलो चरणमा लगाइएको निषेधाज्ञा भोलि २२ गते राति १२ बजेदेखि सकिँदै छ। अब थप कडाइका साथ निषेधाज्ञा लगाउने विषयमा तिनै जिल्लाका सीडीओहरू एकमत छन्।
ललितपुरका सीडीओ कोरोना संक्रमित भएपछि सहायक सीडीओ बैठकमा सहभागी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।