काठमाडौं– भक्तपुरमा सुतेकै ठाउँमा दुई जना बेहोस भएका छन् । एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा काभ्रेको तिमाल गाउँपालिका–३ कि २२ वर्षीया सुनिता तामाङ छिन्।
सुनिताकी आमा शान्तिमाया तामाङ र बहिनी अनिता तामाङ बेहास छन्। उनीहरुको मध्यपुर अस्पतालमा उपचार भइरहेको भक्तपुरकी प्रहरी उपरीक्षक (एसपी) तारादेवी थापाले बताइन्।
उनीहरु सूर्यविनायक नगरपालिका–१० मा डेरा गरी बस्दै आएका थिए। सुत्केरीलाई सेक्न झ्याल ढोका थुनेर मकल बालेर सुत्दा उनीहरुको मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। तर मृत्युको कारण भने यकिन नभएको एसपी थापाले बताइन्।
अनिता सुत्केरी भएको र सुत्केरी सेक्न भनेर मकल बालेर उनीहरु सुतेको पाइएको छ। कोठामा कुनै विषादी पनि नभेटिएको र बेहास र मृत्युको कारण नखुलेकाले भिसेरा जाँचका लागि प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाइएको एसपी थापाले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।