काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शङ्कर भण्डारी अस्पताल भर्ना भएका छन्।
कोरोना सङ्क्रमणका कारण केही दिनदेखि होम आइसोलेसनमा बसेका पूर्वमन्त्री भण्डारी सोमबार साँझ श्वासप्रश्वासमा समस्या देखिएपछि साँझ ८ बजे ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना भएका हुन्।
तनहुँका विभिन्न कार्यक्रममा भाग लिएर काठमाडौँ फर्किएका भण्डारीको वैशाख १८ गते स्वाव परीक्षण गर्दा भण्डारीसहित श्रीमती र छोरालाई कोरोना सङ्क्रमण देखिएको थियो। पूर्वमन्त्री भण्डारीकी श्रीमती र छोरा भने होम आइसोलेशनमै छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।