काठमाडौं– नवलपरासी पश्चिममा मंगलबारदेखि निषेधाज्ञा लागू भएको छ।
जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डीसीसीएमसी)को सोमबार सम्पन्न बैठकको निर्णय अनुसार जिल्ला सुरक्षा समितिले राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले जानकारी दिए।
निषेधाज्ञा वैशाख ३१ गते राति १२ बजेसम्म कायम रहनेछ। यो अवधिमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द रहनेछ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।