कञ्चनपुर– बेलौरी नगरपालिकाले ५० शय्याको कोभिड–१९ अस्थायी अस्पताल सञ्चालनमा ल्याएको छ। अस्पतालमा आवश्यक स्वास्थ्य सामग्रीसहित चौबिसै घण्टा कोरोना संक्रमितलाई सेवा दिने व्यवस्था मिलाइएको छ।
‘अक्सिजन, भिटिएम किटलगायतको व्यवस्था गर्नका लागि प्रक्रिया अगाडि बढाएका छौं,’ नगरप्रमुख पोतिलाल चौधरीले भने, ‘कोरोना संक्रमितको उपचारका लागि भरपर्दो सेवा दिइनेछ । त्यसका लागि चौबिसै घण्टा स्वास्थ्यकर्मीलाई खटाइएको छ।’
उपचारमा आवश्यक स्वास्थ्य सामग्री, औषधिलगायतको व्यवस्था गरिएको उनले बताए। हाल अस्पतालमा चार पुरुष र दुई महिला गरी छ कोरोना संक्रमितको उपचार भइरहेको छ। उपचारमा रहेकामध्ये एक महिलाको अवस्था गम्भीर र अन्यको अवस्था भने सामान्य रहेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।