भैरहवा– कोरोना संक्रमणबाट पूर्व भूमिसुधार सहायकमन्त्री प्रकाश चित्रकारको निधन भएको छ।
चित्रकारको भैरहवास्थित युनिभर्सल शिक्षण अस्पतालमा उपचारका क्रममा सोमबार विहान निधन भएको हो। गत स्वाब परीक्षण गराएका उनी स्वास्थ्यमा समास्या आएपछि शनिवार अस्पतालमा भर्ना भएका थिए।
अस्पतालका सूचना अधिकृत सुशील गुरुङले कोरोना संक्रमणबाट उनको फोक्सोमा निमोनियाले असर गरेको र श्वासप्रश्वासमा समस्या देखिएको बताए।
चित्रकार ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासन कालमा भूमि सुधार सहायकमन्त्री थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।