सिन्धुपाल्चोक– सिन्धुपाल्चोकमा प्रहरी प्रमुख एसपी राजन अधिकारीसहित थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यसअघि प्रमुख जिल्ला अधिकारी(सीडीओ) अरुण पोखरेललाई पनि कोराना संक्रमण भएको थियो।
पीसीआर परीक्षणका लागि पठाइएको ६० नमूनामा २६ जनाको कोरोना संक्रमण पुष्टि भएको हो। १६ महिला र १० पुरुषमा कोरोना संक्रमण देखिएको हो। संक्रमित सबै चौतारा नगरपालिकाका छन् । यो सँगैं सिन्धुपाल्चोमा संक्रमितको संख्या ८३ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।