कैलाली–अस्पतालहरुमा अक्सिजन सिलिण्डरको अभाव भएपछि ह्युमानिटी फाउण्डेसन नेपालले विभिन्न अस्पतालहरुमा २२० थान सिलिण्डर उपलब्ध गराएको छ।
फाउण्डेसनले सेती प्रादेशिक अस्पतालमा ९८ थान अक्सिजन सिलिण्डर उपलब्ध गराएको छ।
फाउण्डेसनका सदस्यहरुको सहयोगमा सोमबार बिहान पहिलो चरणमा ९८ थान सिलिन्डर उपलब्ध गराएको ह्युमानिटी फाउण्डेसन नेपालका संस्थापक अध्यक्ष श्याम तायलले बताए।
उनले आज नै २२ सिलिण्डर डडेल्धुरा अस्पताललाई उपलब्ध गराउने बताए। यस्तै आजै कञ्चनपुरमा रहेको महाकाली अस्पताललाई ८० थान सिलिण्डर र टिकापुर अस्पताललाई २० सिलिण्डर उपलब्ध गराउने फाउण्डेसनका अध्यक्ष तायलले जानकारी दिए।
अक्सिजनको अभावमा कसैले ज्यान गुमाउनु नपरोस भन्ने उदेश्यले सो अभियान सञ्चालन गरेको फाउण्डेसन जनाएको छ। अस्पतालमा अक्सिजनको माग बढ्दै गएपछि अस्पतालले एक सय खाली सिलिण्डर उपलब्ध गराउन अपिल गरेको थियो।
अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेयले अहिले कोरोना बिरामीहरुलाई अक्सिजन धेरै मात्रामा चाहिने भएकाले अक्सिजनको अभाव झेली रहेको अस्पताललाई फाउन्ण्डेसले गरेको सहयोगले केहि राहत पुग्ने बताए। उनले अझै धेरै अक्सिजन चाहिने भन्दै खालि सिलिन्डर अस्पतालमा बुझाउन अनुरोध गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।