धनगढी– गृह मन्त्री रामबहादुर थापा ‘बादल’ले तस्कर र गुन्डाहरु प्रहरीलाई देख्ने बित्तिकै डराएर भाग्ने अवस्था सिर्जना हुने गरी काम गर्न निर्देशन दिएका छन्। प्रदेश नम्बर ७ को सुरक्षा गोष्ठिमा बोल्दै सिडिओ तथा प्रहरी अधिकारीहरुलाई उनले यस्तो निर्देशन दिएका हुन्।
‘विगतमा पुलिस र प्रशासन देख्यो कि जनता डराउने र तस्कर र गुन्डा रमाउने अवस्था थियो,’ उनले भने,‘अब जनता रमाउने र गुन्डा÷तस्करहरुको भागाभाग हुने अवस्था ल्याउनुपर्छ।’
सबै जिल्लाका प्रहरी प्रमुखहरुले आफ्नो क्षेत्रका तस्कर र गुन्डाहरुको लिष्ट बनाउन उनले निर्देशन दिए। त्यस्तो लिष्ट सधैं बोकेर हिडी कारबाही गर्र्नुपर्ने उनको भनाई थियो।
राम्रो काम गर्दा कसैले दबाब दिएमा आफुलाई भन्न समेत उनले निर्देशन दिएका छन्। शान्ति सुरक्षा समृद्धिको प्रमुख आधार भएकाले त्यहीअनुसार काम गर्न उनले निर्देशन दिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।