काठमाडाैं- कोरोना संक्रमणका कारण थापाथलीस्थित नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत् पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्थामा सुधार हुन थालेको छ।
९ दिनअघि नर्भिकमा भर्ना भएकी शाहकाे गत बिहीबारदेखि प्ल्जामा थेरापी विधिबाट उपचार थालिएको थियो।
आइतबार अस्पतालले विज्ञप्ति सार्वजनिक गर्दै शरीरमा अक्सिजनको मात्रा निकै कम देखिएपछि उनलाई आईसीयूमै राखेर उपचार गरिरहेकाे जानकारी दिएकाे हाे।
अक्सिजनको हाइफ्लो सपोर्टमा उपचार जारी राखिएपनि स्वास्थ्य अवस्थामा क्रमिक रुपमा सुधार भइरहेको अस्पतालकाे भनाइ छ।
नर्भिकमै उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाहको अवस्था भने सामान्य रहेकाे छ।
हरिद्वारमा आयोजित महाकुम्भ मेलामा सहभागी भएर स्वदेश फर्किएपछि वैशाख ७ गते पूर्वराजपरिवारलाई कोरोना संक्रमण पुष्टि भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।