काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्ययन बिदामा रहेका र हाल अध्ययन नभएका अवस्थामा सम्पूर्ण स्वास्थ्यकर्मीलाई आ-आफ्नो दरबन्दी रहेको स्वास्थ्य संस्थामा हाजिर भइ सेवामा खटिन सार्वजनिक सूचना जारी गरेको छ।
मन्त्रालयमा आइतबार भएको छलफलपछि उनीहरूलाई सेवामा खटाउने निर्णय भएको हो।
यस्तै, मन्त्रालयले विभिन्न चिकित्सा विधामा अध्ययनरत सम्पूर्ण विद्यार्थी तथा अध्यापन गराउने सम्पूर्णलाई सम्बन्धित विश्वविद्यालय तथा कलेजहरूले उपचार व्यवस्थापनमा लगाउने साथै आवश्यकता अनुसार अन्य अस्पतालमा खटाउने निर्णय पनि गरेको छ।
विदेश जानेहरूको पीसीआर परीक्षण गर्ने सम्बन्धमा सबै सरकारी पीसीआर प्रयोगशाला र न्यूनतम १०० बेड भएका अस्पतालमा आधारित रहेका पीसीआर र ए वर्गका प्रयोगशालाहरूले गर्ने व्यवस्था मिलाउन भनिएको छ।
कोभिड-१९ पीसीआर परीक्षण गर्ने सबै प्रयोगशालाहरूले सातै दिन २४ घण्टा नमूना लिने व्यवस्था मिलाउने पनि मन्त्रालयले निर्णय गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।