धनगढी– कोरोना भाइरसको संक्रमणबाट संविधान सभा सदस्य रबनी चौधरीको मृत्यु भएको छ।
धनगढीको नवजीवन अस्पतालमा उपचाररत उनको आइतबार दिउँसो मृत्यु भएको अस्पतालले जनाएको छ।
उनमा कलेजो र मृगौलाको समस्या आएपछि शनिबार धनगढीस्थित नवजिवन अस्पताल भर्ना भएकी थिइन। उपचारकै क्रममा उनको कोरोना परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको थियो।
जिल्लाको लम्कीचुहा नगरपालिका(६ बागमारा निवासी ४४ वर्षीया चौधरी २०७० सालको संविधान सभामा नेकपा एमालेबाट संविधान सभा सदस्य थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।