काठमाडौं- लुम्बिनी प्रदेश सभामा बहुमत सिद्ध गर्न सभामुख पूर्णबहादुर घर्ती निर्णायक भएका छन्।
एमाले र विपक्षी दलमा संसद्को संसद्मा समान ४०/४० सांसद भएपछि सभामुख घर्ती निर्णायक भएका हुन्। बहुमतका लागि ४१ सांसद आवश्यक पर्दछ। एकल बहुमतको सरकार बनाउने ध्येयका साथ मुख्यमन्त्रीबाट राजीनामा दिएका शंकर पोखरेललाई संसद्मा बराबर मत भएपछि झट्का लागेको छ।
मत बराबर भएको अवस्थामा सभामुखको निर्णायक मत हुने व्यवस्था छ। सभामुख माओवादी केन्द्रका भएकाले बहुमत पुग्नेमा माओवादीसहितका विपक्षी दल आशावादी छन्।
एमालेकै सांसदका रूपमा गणना भएकी दाङ ३ ‘ख’ की सांसद विमला खत्री अप्रत्याशित रूपमा माओवादी केन्द्रमा प्रवेश गरेपछि पोखरेलले बहुमत प्राप्त गर्न नसक्ने भएका हुन्। दलको नेतामा पुनः चयन भएर आइतबार नै पोखरेलले शपथ लिने गरि राजनीतिक घटनाक्रम अघि बढेको थियो।
अविश्वासको प्रस्ताव संसद्मा फेस नगरी उनले आइतबार बिहान राजीनामा दिएका थिए। माओवादी केन्द्र, कांग्रेस लगायतका दलले सरकार बनाउन पोखरेलका पक्षमा बहुमत नभएको भन्दै प्रदेश प्रमुख धर्मनाथ यादवलाई हस्ताक्षर समेत बुझाइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।