काठमाडौं- नेकपा (एमाले) लुम्बिनी प्रदेश सभाका प्रमुख सचेतक भूमिश्वर ढकालले आफ्नो पार्टीकी सांसद विमला खत्री (ओली)लाई दलको बैठकमा आउँदाआउँदै अपहरण गरिएको प्रतिक्रिया दिएका छन्।
‘विमला कमरेड अपहरणमा पर्नु भएको छ। उहाँलाई माओवादीले अपहरण गरेको छ’ ढकालले भने, ‘यसमा हाम्रो घर आपत्ति छ,। त्यस घटनाको निन्दा गर्छौं। सांसद खोजी गर्न स्थानीय प्रहरीमा उजुरी समेत दिइसकेका छौं।’
जननिर्वाचित सांसदलाई अपहरणशैलीमा लुकाएर राख्नु उचित नभएको ढकालले बताए।
यता, ओलीले भने आफू नेकपाबाट निर्वाचित भएको र सर्वाेच्चको फैसलापछि नेकपा अस्तित्वमा नरहेकाले आफू माओवादी केन्द्रमा प्रवेश गरेको बताएकी छन्।
उनले आइतबार विज्ञप्ति जारी गर्दै माओवादी केन्द्रमा सक्रिय हुने बताएकी हुन्। उनले सोही अनुसार माओवादी केन्द्रको प्रदेश संसदीय दल, माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र लुम्बिनी प्रदेश सभालाई साेही अनुसार पत्र बुझाएकी छन्।
उनी २०७६ मा भएको उपनिर्वाचनमा दाङ क्षेत्र नम्बर ३ को ख बाट लुम्बिनी प्रदेश सभामा निवार्चित भएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।