सांकेतिक तस्बिर
सर्लाही– सर्लाहीको एक पेट्रोल पम्पमा लुटपाट भएको छ। शुक्रवार साँझ सर्लाहीको पर्सा गाउपालिका–२ संग्रामपुरमा रहेको श्री बौद्वी फ्युल सेन्टर डाँकाहरुले गोली फायर गरेर लुटपाट गरेका हुन्।
सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठोरले लुटेराहरुले रकम लुटेर भागेको जानकारी दिए। उनका अनुसार लुटेराहरुले चार लाख रुपैयाँ लुटेर भागेका छन्।
उनले घटनास्थलबाट गोलीको खोकासमेत बरामद भएको जानकारी दिए।
पर्सा गाउपालिका–३ का अध्यक्ष भिखारी साहले संचालन गरेको सो पेट्रोल पम्पमा हातहतियारसहित आएका डाँकाका समूहले हवाई फायर गर्दै रकम लुटेका हुन्। पम्प सञ्चालकले भने १० लाख लुटपाट भएको दाबी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।