काठमाडौं– पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमणका कारण ३३ जनाको मृत्यु भएको छ।
शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार पछिल्लो २४ घन्टामा ३३ जनाको मृत्यु भएको हो।
यससँगै कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ३ हजार २ सय ७९ पुगेको छ।
पछिल्लो २४ घण्टामा देशभर ५ हजार ७२७ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा देशभर १५ हजार ३९१ जनामा पीसीआर र ५२५ जनामा एन्टिजेन परीक्षण गरिएकोमा ५ हजार ७२७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
पीसीआर परीक्षणबाट ५ हजार ६५७ र एन्टिजेन परीक्षणबाट ७० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।