काठमाडौं– निषेधाज्ञा उल्लंघन गरेको भन्दै रुपन्देही प्रहरीले तीन जनालाई एक महिनाका लागि कारागार चलान गरेको छ।
जिल्ला प्रशासन कार्यालयबाट जारी भएको निषेधाज्ञा अवज्ञा गरेको भन्दै प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको थियो। संक्रमक रोग ऐन २०२० अनुसार तोकिएको जरिवाना तिर्न नसकेका तीन जनालाई सिडिओ कार्यालयले कारागार चलान गरेको हो।
पक्राउ परेका पाँच जना भने तोकिएको जरिवना तिरेर छुटेको रुपन्देहीका एसपी मनोज केसीले बताए। प्रतिदिन ३ सयका दरले महिनाको ९ हजार रुपैयाँ जरिवाना तिर्न नसकेका तीन जना कारागार चलान भएको उनले बताए हुन्।
रुपन्देहीको मायादेवी गाउँपालिका–४का २७ वर्षीय दिनेश यादव, सिद्धार्थनगर नगरपालिका–८ का २८ वर्षीय श्याम दुबे र मायादेवी–२ का ३४ वर्षीय महेन्द्र कोहारलाई कारागार चलान गरिएको ही एसपी मनोज केसीले बताए।
‘निषेधाज्ञा उल्लंघन गरेकाले सम्झाइबुझाई गर्दा प्रहरी टोलीसँग विवाद गरेको तथा ड्युटीमा बाधा पु¥याएको हुँदा नियन्त्रणमा लिई संक्रामक रोग ऐन २०२० को दफा ३ को उपदफा २ बमोजिम कारवाही गरिएको हो,’ एसपी केसीले भने ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।