दाङ– कोरोना भाइरस संक्रमण बढेपछि दाङमा निषेधाज्ञा जारी गरिएको छ। शुक्रवार विहान ६ बजेदेखि वैशाख २५ गते साँझ ६ बजेसम्म जिल्लाभर निषेधाज्ञा जारी गरिएको हो।
निषेधाज्ञा अवधिभर अत्यावश्यक बाहेकका सेवा पूर्णरुपमा बन्द गरिएको छ । अत्यावश्यक सामान खरिद बिक्रीका लागि विहान ७ देखि ८ बजेको समय छुट्याइएको छ।
अत्यावश्यक सवारीका लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुनर्पे व्यवस्था गरिएको छ। दाङमा सरकारकी कार्यालय र बैंकसमेत बन्द रहने छन्।
त्यस्तै पूर्व पश्चिम राजमार्गमा दाङ हुँदै गुड्ने सवारीलाई यात्रु ओराल्न र उठाउन निषेध गरिएको छ।
दाङमा बिहीवारसम्म कोरोना संक्रमणबाट ७३ जनाको मृत्यु भइसकेको छ। अहिले १ हजार १४१ जना संक्रिय संक्रमित छन्। कुल संक्रमितको संख्या ४ हजार २८५ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।