फाइल तस्वीर
चितवन– चितवनमा आजदेखि निषेधाज्ञा जारी गरिएको छ। मध्यरात १२ बजेदेखि जारी भएको निषेधाज्ञाका कारण जिल्लामा यातायात, पसल लगायत बन्द छन्। चोकचोकमा प्रहरीले चेक जाँच गरिरहेको छ ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशमा खाद्यान्य, तरकारी लगायत सेवा दिने पसलहरु विहान ६ बजेदेखि ९ बजेसम्म सञ्चालन गर्न पाइने छ। उद्योग कलकारखाना सञ्चालन गर्दा कर्मचारी तथा कामदार सबैले स्वास्थ्य मापदण्ड पालना गर्नेपर्ने र उद्योग भित्र आवासको व्यवस्था गर्नुपर्ने जनाइएको छ।
आवासको व्यवस्थf गर्न नसके कर्मचारी तथा कामदारलाई उद्योगले ल्याउने र लाने व्यवस्था गर्नुपर्ने आदेशमा भनिएको छ। निषेधाज्ञा ३१ गते राति १२ बजेसम्म लागू हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।