काठमाडौं– पर्साको कालिकामाई गाउँपालिकाका अध्यक्ष नथुनी प्रसाद कुशवाहाको निधन भएको छ।
अध्यक्ष कुशवाहाको ८५ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएकाे गाउँपालिका उपाध्यक्ष राजेश कुमार चौरसियाले बताए।
ज्वरो र श्वासप्रश्वासको समस्या देखिएपछि केही दिनदेखि उनको वीरगञ्जमा उपचार हुँदै थियो।
उनी पछिल्लो स्थानीय तहको निर्वाचनमा संघीय समाजवादी पार्टीका तर्फबाट गाउँपालिका अध्यक्षमा विजयी भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।