• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ २६, २०८३ Fri, Sep 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

भारतीय नागरिकको भेषमा डाक्टर बनेका १२ नेपालीको मुद्दा : अनुसन्धान गर्नै नपाइ काउन्सिलले गर्‍यो ‘फाइल क्लोज’

64x64
नारायण अधिकारी शुक्रबार, वैशाख १७, २०७८  ०८:३०
1140x725

काठमाडौं- गैरकानुनी रूपमा आफूलाई भारतीय नागरिकका रूपमा प्रस्तुत गरेर चिकित्सा शिक्षा अध्ययन गरी डाक्टर भएका १२ नेपालीले उन्मिुक्ति पाएका छन्। डाक्टर बन्नकै लागि अवैध बाटो रोजेर अध्ययन गरेको प्रमाण फेला पार्दा समेत नेपाल मेडिकल काउन्सिलले उनीहरुलाई थप अनुसन्धानको बाटो रोकेर उन्मुक्ति दिएको हो।

नेपाली डाक्टर भनेर नेपाल मेडिकल काउन्सिलबाट दर्ता प्रमाणपत्र लिएका डाक्टरले नै अध्ययनका लागि भने आफूलाई भारतीय नागरिकका रुपमा प्रस्तुत गरेको प्रमाण फेला पर्दा कारबाही गर्नुको साटो उनीहरुलाई उन्मुक्ति दिएर काउन्सिल पन्छिएको छ।

नेपाली नागरिक हुँदाहुँदै भारतीय बनेर डाक्टर अध्ययन गर्ने र लाइसेन्स लिने बेलामा पुनः नेपाली नागरिकको प्रमाण पेश गर्ने डाक्टरमाथि एक दशकपछि अनुसन्धान सुरु गरिएपनि उनीहरुलाई काउन्सिलले उन्मुक्ति दिएको छ।

अवैध रुपमा डाक्टरी शिक्षा पढेका उनीहरुसहित उनीहरुलाई अवैध बाटोमा साथ दिने कलेज तथा विश्वविद्यालयमाथि पनि कारबाही गर्न पुग्ने प्रमाण फेला परेको थियो। काउन्सिलले सुरुमा अनुसन्धान अगाडि बढाउँदा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई समेत प्रमाण उपलब्ध गराउने आश्वासन दिएको थियो। तर काउन्सिलले नै असहयोग गर्दा अवैध रुपमा पढेका १२ डाक्टरसहित कलेज र विश्वविद्यालयले समेत उन्मुक्ति पाएका छन्।

भारतीय नागरिक बनेको लगायतका अन्य अवैध बाटो अपनाएको प्रमाण फेला पारेपछि उनीहरुमाथि किर्ते कसुरमा कारबाही गर्नुपर्ने पाटोमा अनुसन्धान अगाडि बढाउन काउन्सिलले सहयोग गर्नुपर्ने थियो। तर काउन्सिलले त्यता तर्फ नलागी उनीहरु नेपाली नागरिक हुन् वा होइनन् भन्नेतर्फ अनुसन्धान गरेझैं गरेर मात्र उनीहरुलाई उन्मुक्ति दिइएको छ।

नागरिकताको विवरण नेपाली नै भएको अवस्थामा भए पनि उनीहरु कारबाहीको भागिदार बन्नुपर्ने हो। नेपाली नागरिक हुँदाहुँदै डाक्टर अध्ययन गर्ने बेलामा किन भारतीय नागरिक भएको भनेर परिचय पेश गरे? यसतर्फ भने काउन्सिलले कुनै अनुसन्धाननै नगरी फाइल बन्द गरेको छ।

अनुसन्धान गर्नुपर्ने पाटोलाई छलेर नेपाली नागरिक भए/नभएको तर्फ मात्र हेरेका कारण अवैध धन्दाले वैधता पाएको प्रहरीका एक उच्च अधिकारी बताउँछन्। 

‘अध्ययनका समयमा गरिएको अवैध कामका विषयमा अनुसन्धान नै नगरी काउन्सिलले किन उन्मुक्ति दियो हामी पनि आश्चार्यमा छौं,’ ती प्रहरीले भने।

Ncell 2
Ncell 2
nimb
nimb

काउन्सिलका रजिष्ट्रार डाक्टर कृष्णप्रसाद अधिकारीले गृहमन्त्रालयले उनीहरु नेपाली नागरिक नै हुन् भनेर प्रमाणित गरेकाले कारबाही गर्ने अवस्था नरहेको बताए।

डा अधिकारीका अनुसार उनीहरुले डाक्टर अध्ययन गर्न कलेजमा पेश गरेका कागजातमा भारतीय उल्लेख भएको र लाइसेन्स लिँदा नेपाली भएको उल्लेख भएपछि उनीहरुको नागरिकताको आधिकारिकता के हो भन्दै काउन्सिलले गत चैत ८ गते गृह मन्त्रालयलाई पत्राचार गरेको थियो।

गृह मन्त्रालयले एक महिनापछि वैशाख ८ गते उनीहरुले काउन्सिलमा पेश गरेको नागरिकताको अभिलेख र प्रशासनमा रेर्कड भएको अभिलेख मेल खाएको भन्दै काउन्सिललाई पत्र पठाएको थियो। गृहको उक्त पत्रपछि भने भारतीय बनेर अध्ययन गरेका १२ डाक्टरलाई कारबाहीको बाटो समाप्त भएको काउन्सिलका रजिष्ट्रार डा अधिकारीको भनाइ छ। 

उनीहरुले डाक्टरको लाइसेन्स लिने बेला नेपाली नागरिक नै भनेर पेश गरेको कागजात सक्कल ठहरिए पनि डाक्टर अध्ययन गर्ने बेलामा भारतीय नागरिक भएको पहिचान हुने परिचय पत्र पेश गर्दा कसरी उन्मुक्ति दिइयो? यो प्रश्नबारे रजिष्ट्रार डा अधिकारी भन्छन्, ‘इन्टिच्युट अफ मेडिसिन अन्र्तगत एमबी केडियामा अध्ययनरत विद्यार्थीहरु भारतीय नागरिकको रुपमा भर्ना भएको भन्ने विषयमा छानबिन हुँदा यसमा के हुने हो? उनीहरु कुन देशका नागरिक ठहर्छन् भनेर गृहलाई पत्राचार गरियो। गृहबाट नेपाली नागरिक भएको अभिलेख देखियो भनेपछि उनीहरुमाथि कारबाही हुने अवस्था आएन।’

रजिष्ट्रार डा अधिकारीले अध्ययन गर्ने बेला भारतीय बनेको भनेर गृहलाई पत्राचार गरेको दाबी गरे पनि काउन्सिल स्वयंले निकालेको सूचनाले यो विषयमा केही बोलेको छैन। काउन्सिलको सूचनाले उनीहरुको नागरिकताका विषयमा मात्रै बोलेको छ।

यसरी बनेका थिए १२ नेपाली भारतीय
सन् २०१७ भन्दा अघि नेपालका मेडिकल कलेजमा एमबिबिएस र बिडिएसलगायत अध्ययन गर्न विदेशी विद्यार्थीले प्रवेश परीक्षा दिनुपर्ने व्यवस्था थिएन। यसको फाइदा उठाउदै पैसा तिर्न सक्ने तर प्रवेश परीक्षा पास गर्न नसक्ने नेपाली विद्यार्थीलाई विदेशी बनाएर बिना प्रवेश परीक्षा एमबिबिएस तथा बिडिएसमा मेडिकल कलेजले भर्ना गर्ने विकृती थियो। 

डाक्टर पढ्नका लागि विदेशी विद्यार्थीले ठूलो रकम कलेजलाई तिर्नुपर्ने भएपछि नेपालका मेडिकल कलेजले ‘सेटिङ’मा फर्जी काजगात बनाएर नेपाली विद्यार्थीलाई विदेशी बनाउँदै भर्ना गर्दै रकम असुल्ने विकृति थियो। 

मेडिकल कलेजहरुमा एक शैक्षिक सत्रमा नेपाली र विदेशी विद्यार्थीका लागि भनेर निश्चित कोटा छुट्याउने र विदेशी विद्यार्थी भर्ना नभएको समयमा ती कोटामा नेपाली विद्यार्थीले नै अध्ययन गर्न पाउथे। तर, मेडिकल कलेजहरुले नेपाली विद्यार्थीलाई भारतीय बनाएर बिना प्रवेश परीक्षा भर्ना गर्दा जेहन्दार नेपाली विद्यार्थीसमेत डाक्टर पढ्नबाट बञ्चित हुँने अवस्था थियो। 

यही व्यवस्थाको दुरुपयोग गर्दै २०६४ सालदेखि भारतीय नागरिक बनेर बिना प्रवेश परीक्षा नेपालमा अध्ययन पूरा गरेकाहरुले नेपाली भएको प्रमाणपत्र पेश गर्दै लाइसेन्स समेत लिएर काम गर्दै आएका छन्। 

यी हुन् १२ डाक्टर
यसरी डाक्टर बनेका १२ जनाले अहिले उन्मुक्ति पाएका छन्। नेपाली नागरिक भारतीय बनेर प्रमाणपत्र पेश गर्दा पनि उन्मुक्ति पाउने मध्येकी एक हुन् डा प्रेक्षा साह।

धनुषाको जनकपुरधाम नगरपालिका–४ कीसाह नेपाली नागरिक भए पनि भारतीय बनेर एमबी केडियामा भर्ना भएकी थिइन्। अध्ययन पूरा गरेपछि भने उनले आफू नेपाली नागरिक भएको भन्दै नेपाली नागरिकको परिचयपत्र पेस गरेर लाइसेन्स लिइन्। 

उनले भारत सरकारबाट जारी आवासीय प्रमाणपत्र पेस गरेर भारतीय बनी डाक्टर अध्ययन गरेकी थिइन्। डाक्टर अध्ययन गर्ने बेला पेस भएको कागजातमा प्रेक्षाको ठेगाना मोतिहारी, भारत उल्लेख छ। उनले मेकिडल काउन्सिलबाट लाइसेन्स लिने बेला पेस गरेको कागजातमा भने धनुषा  जनकपुरधाम नगरपालिका–४ उल्लेख छ।

पर्साको वीरगञ्ज उपमहानगरपालिका–१३ का शशिकान्त चौधरीले पनि यसैगरी प्रवेश परीक्षा छल्न भारत राजस्थानको फत्तेपुरकी वनारसी देवीको धर्मपुत्र बनेर कागजात पेश गरेका थिए। 

उनीहरुकै तरिका अपनाएर महोत्तरीको साविक लोहारपट्टी गाविस–३ का डा रोशनकुमार साह (मेडिकल काउन्सिल दर्ता नम्बर १३२३४), बाराको साविक तेलकुवा गाविस–८ की डा प्रतिमाकुमारी यादव (मेडिकल काउन्सिल दर्ता नम्बर १४८७५), पर्साको साविक अलौ गाविस–१ का डा धनंजयकुमार माली (मेडिकल काउन्सिल दर्ता नम्बर १५३९४), उदयपुरको त्रियुगा नगरपालिका–१ का डा रजनिश खड्का (मेडिकल काउन्सिल दर्ता नम्बर १५३९६)डाक्टर भएका थिए।

विनिता सिंह, सिताराम सिंह कुशवाहा, कविता सिंह, दीपककुमार शर्मा, अजयकुमार अस्थानाले पनि भारतीय बनेर बिडिएस अध्ययन गरेका व्यक्ति हुन्।

एमबिबिएस र बिडिएस कार्यक्रमको मापदण्ड २०१७ लागू भएपछि भने विदेशी विद्यार्थीले पनि प्रवेश परीक्षा दिनुपर्ने भएपछि यो विकृति हटेको छ।

फाइल नै नपाइ अनुसन्धान ‘क्लोज’
भर्खरै मात्र एसएलसीको शैक्षिक प्रमाणपत्र सच्याएर डाक्टर बनेकाहरुमाथि पक्राउ गरेर अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले यस विषयमा पनि चासो राख्दै काउन्सिलसँग फाइल मागेको थियो। काउन्सिल र सीआईबीको समन्वयमै अनुसन्धान हुने मौखिक जानकारी पाएको सीआईबी फाइल कुर्दाकुर्दै काउन्सिलले भने अनुसन्धानै क्लोज गरिसकेको छ।

सीआईबी स्रोतका अनुसार यी १२ डाक्टरको फाइल पठाउन पटक पटक आग्रह गर्दा काउन्सिलले फाइल पठाएन। अहिले गृहले नेपाली नागरिक हुन् भने दिएको पत्रकै आधारमा अनुसन्धान नै नगरी यी १२ डाक्टरको फाइल क्लोज भएको छ। यता सीआईबीले भने उनीहरुलाई कीर्ते कसुरमा मुद्दा चलाउन सकिने भन्दै सोही अनुसार अनुसन्धान अघि बढाउने तयारी गरेको थियो। 

प्रकाशित मिति: शुक्रबार, वैशाख १७, २०७८  ०८:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
भोटेकोशी बाढी : ४०८ अर्बको क्षति, पुनर्लाभका लागि ७२३ अर्ब आवश्यक बाढीबाट भएको क्षतिको पुनर्निर्माण, पुनःस्थापना र आर्थिक पुनर्लाभका लागि रु. ७२३ अर्ब ३२ करोड आवश्यक पर्ने आंकलन गरिएको छ । यो कुल क्... शुक्रबार, भदौ २६, २०८३
भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा गठित समितिले सार्वजनिक यातायात क्षेत्रमा भएको क्षति, क्षतिपूर्तिको आ... शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी सेना परिचालन, आज थप ३० जनाको उद्धार नेपाली सेनाका अनुसार भदौ २६ गते १७ः३० बजेसम्म हवाई माध्यमबाट उद्धार गरिएका ३० सहित हालसम्म ४ हजार १३७ जनाको उद्धार गरिएको छ। उद्धार... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी : ४०८ अर्बको क्षति, पुनर्लाभका लागि ७२३ अर्ब आवश्यक शुक्रबार, भदौ २६, २०८३
कर्णाली शिवराज नेपाल भलिबल लिगको फाइनलमा शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित नुवाकोट र रसुवा जाने एमाले टोलीलाई ओलीको निर्देशन शुक्रबार, भदौ २६, २०८३
भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी सेना परिचालन, आज थप ३० जनाको उद्धार शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
भरतपुरमा इभी कारमा आगलागी, चालकको मृत्यु शुक्रबार, भदौ २६, २०८३
पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’ बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्