रसुवा– पासाङ ल्हामु राजमार्ग आज दुई घण्टा बन्द हुने भएको छ। राजमार्गको कालिकास्थान–धुन्चे सडक खण्डको सोलेमा ‘कज–वे’ निर्माण हुने भएकाले सडक खण्ड बन्द गरिने भएको हो।
डिभिजन सडक कार्यालय नुवाकोटका प्रमुख निरज शाक्यका अनुसार आज बिहान साढे ११ बजेदेखि दिउँसो साढे १ बजेसम्म सडक बन्द गरेर ‘कज–वे’ निर्माण कार्य गर्न लागिएको हो। २०७१ सालमा भत्किएको ‘कज–वे’ यो पटक निर्माण गर्न लागिएको छ।
‘कज–वे’ निर्माण भएपछि यातायात सञ्चालनमा सहज हुने डिभिजन प्रमुख शाक्यले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।