काठमाडौं– नेकपा एमालेको नेपाल–खनाल पक्षले पार्टी अध्यक्ष केपी ओली शर्माविरुद्धको आन्तरिक संघर्ष जारी राख्ने भएको छ।
बुधबार बसेका स्थायी कमिटी बैठकले कोरोना भाइरसको महामारी बढेका कारण केही गतिविधि स्थगित गर्नु परेपनि आन्तरिक संघर्षलाई जारी राख्ने निष्कर्ष निकालिएको उपाध्यक्ष भीम रावलले बताए।
‘केपी ओलीजीले स्वेच्छाचारी ढंगले विधान विपरीत चलाएका गतिविधिविरुद्ध शुरु गरिएको अभियान जारी राख्ने भन्ने निष्कर्ष निकालिएको छ,’ बुधबारको बैठकमा भएका निर्णयबारे जानकारी दिँदै रावलले भने, ‘केपी ओली नसच्चिएसम्म हाम्रो अभियान जारी रहन्छ।’
नेता रावलले बुधबारको बैठकमा संगठन निर्माणको सम्बन्धमा संक्षिप्त समीक्षा गरिएको पनि बताए। 'संगठन निर्माणका सम्बन्धमा संक्षिप्त समीक्षा गरियो। एमालेको नवौं महाधिवेसनको मार्गदर्शन, यसले पारित गरेको विधान, यसका मान्यतालाई मिचेर केपी ओलीले निरन्तर गरेका गलत क्रियाकलापको समक्षा गरियौ,’ रावलले भने, ‘सर्वोच्च अदालतको फैसला विपरीत एमाले विधान विपरीत केन्द्रीय कमिटीलाई भंग गर्नुभयो। राष्ट्रिय महाधिवेसन आयोजक कमिटी बनाउनुभयो। कथित महाधिवेसन आयोजक कमिटी भनेर थप्ने हामीलाई स्पस्टिकरण सोध्ने गर्नुभयो।’
रावलले ओली प्रवृतिविरुद्ध देशव्यापी रुपमा उत्रन नेता–कार्यकर्तालाई आग्रह गरिएको पनि बताए। अध्यक्ष ओलीले पार्टीको विधान मिच्ने क्रियाकलापन बन्द नगरेसम्म आफूहरुको अभियान जारी रहेन बताए।
‘एमाले पार्टीको सिद्धान्त, नीति कार्यक्रम, विधानको रक्षाका लागि जुन अभियान चलाएका छौं, सफलताका साथ अघि बढेको छ। जब जबसम्म केपी ओलीका विधान मिच्ने क्रियाकलाप बन्द हुँदैनन् त्यसबेलासम्म संघर्ष जारी रहन्छ,’रावलले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।