काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले पार्टीलाई स्मरण पत्र बुझाएको छ।
नियमित महाधिवेशन नहुने संकेत देखिएपछि असोज २९ गते विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षरसहित बुझाएकाहरुले पार्टी केन्द्रीय कार्यालयमा पुगेर स्मरण पत्र बुझाएका हुन्।
नेता देवराज चालिसेले नियमित महाधिवेशन नहुने अवस्थामा विशेषको विकल्प नभएको जनाउँदै २४ सय ८८ को हस्ताक्षरसहित कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई स्मरण पत्र बुझाएको बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।